एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ एजेण्डा
काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ । ललितपुरको रामबाग महल, भनिमण्डलमा बैठक बस्ने छ । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल हुने छ। यसअघि, आइतबार पार्टीको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ।
