एनपीएल खेल्न कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे
काठमाण्डु – बगलादेशका दुई क्रिकेटर नेपाल प्रिमियर लिग (एनपीए) खेल्न नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका अरिफुल इस्लाम र अकबर अली एनपीएल खेल्न नेपाल आइपुगेका छन् । बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए । उनले ७ खेलमा २१९ रन बनाएका थिए ।
