SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

बाँकेको खजुरा क्यान्सर अस्पतालको ६ महिनादेखि ठप्प उपकरण पुन: सञ्चालनमा

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा विगत छ महिनादेखि ठप्प उपकरण पुन: सञ्चालनमा आएको छ । अस्पतालका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन पुन: सञ्चालनमा आएका छन्। अस्पतालमा लिन्याक मेशिनको गुणस्तर मापन (क्वालिटी टेस्ट) गरी बिरामीलाई नियमित सेवा दिन सुरु गरिएको अस्पतालकी निमित्त निर्देशक आशा पन्थले बताइन्।