SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित देशको विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आज खटिएको प्रहरी टोलीले काठमाडौँ, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र बारबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको हो ।