SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसंघ (युएन) को ८१औँ महासभामा भाग लिन आज बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउने छन् ।