SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

१०औँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा सम्पन्न

काठमाडौँ । ‘दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता’ भन्ने मूल नाराका साथ १०औँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा सम्पन्न भएको छ । टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)को आयोजनामा टुरिष्ट गाइड (पर्यटन पथप्रदर्शक) को क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि बृहत् छलफल गर्ने उदेश्यले आज यहाँ सम्मेलन आयोजना गरिएको हो ।