SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

त्रिशूली कोरिडोर क्षेत्रमा भारी वर्षा, यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । धादिङ खण्डअन्तर्गत पर्ने पृथ्वी राजमार्गको त्रिशूली कोरिडोर क्षेत्रमा आइतबार साँझदेखि लगातार भारी वर्षा भइरहेको छ। वर्षासँगै सडकमा सवारीसाधनको चाप बढ्दा विभिन्न स्थानमा जामसमेत देखिएको छ। स्थानीय खोल्साखोल्सीमा पानीको बहाव बढेर लेदो मिसिएको बाढी सडकतर्फ झर्न थालेपछि यात्रु र चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।