रास्वपाकाे राइट टु रिकल: अध्ययनका लागि ४ उपसमिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अवधारणासम्बन्धी अध्ययन, छलफल र दस्तावेज निर्माणलाई व्यवस्थित बनाउन चार विषयगत उपसमिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठकले कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवालासँग समन्वय तथा सञ्चार व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति गठन गर्ने निर्णय गरेको हो।
