SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

एमालेको निर्वाचन समीक्षा प्रतिवेदन ग्रहण, नेतृत्व पुनर्गठनसम्बन्धी विषय हटाइयो

काठमाडौँ । नेकपा (एमाले)ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन सर्वसम्मत रूपमा ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार प्रतिवेदनबाट नेतृत्व पुनर्गठनसम्बन्धी सबै विषय हटाइएको छ। मतभेद भएका विषयहरू हटाएर सहमतिका आधारमा प्रतिवेदन तयार गरिएको उनले बताए।