SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

एसियाली खेलकुदको भलिबलमा नेपाल र इन्डोनेसिया भिड्दै

काठमाण्डु – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल बिहीबार अपराह्न ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी