बिचौलियासँग न्यायाधीश जोडिएको गम्भीर विवादपछि सर्वोच्चमा फूल कोर्ट, प्रधानन्यायाधीशमाथि पनि प्रश्न
काठमाण्डु- न्यायालयका उच्च पदाधिकारी र बिचौलियाबीचको कथित सम्बन्ध तथा घुस लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा शुक्रबार फूल कोर्ट (पूर्ण बैठक) बस्ने भएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयसँग जोडिएको पछिल्लो विवादबारे छलफल गर्न सबै न्यायाधीश सम्मिलित बैठक शुक्रबार दिउँसो बस्ने गरी बोलाएका हुन्। विवादबीच यसअघि बुधबार र बिहीबार सर्वोच्चमा संवैधानिक इजलासको बैठक पनि बस्न सकेन।
