नेतन्याहूको सत्ता ढाल्न विपक्षी गठबन्धन सक्रिय, आइजनकोटलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
तेलअभिभ- इजरायलमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउन विपक्षी दलहरू सक्रिय भएका छन्। यही क्रममा नेतन्याहूको गठबन्धनमा रहेको युनाइटेड टोरा जुडिज्म पार्टीले विपक्षी नेता गादी आइजनकोटलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको छ। इजरायली सञ्चारमाध्यम च्यानल १२ का अनुसार युनाइटेड टोरा जुडिज्मले आइजनकोटलाई सरकार गठनमा समर्थन गर्ने प्रस्ताव राखेको हो।
