प्रधानमन्त्री शाहसँग जापानी राजदूत माइदाको भेटवार्ता
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेनसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् ।
