SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

वाद–प्रतिवाद छाडेर सरकार राष्ट्र निर्माणमा लागोस्- एमाले सांसद देवकोटा

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादभन्दा काम र परिणाममा केन्द्रित हुन आग्रह गरेकी छिन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनदेखि पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कुटनीतिसम्म सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताईन् ।