SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिको भूमिकालाई पर्याप्त महत्व नदिएको आरोप लगाएका छन् । सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको संसदप्रतिको व्यवहारले संसदीय अभ्यासलाई कमजोर बनाउने खतरा रहेको बताएका हुन् ।