SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट रचनात्मक सुझाव सङ्कलन भएका छन् । नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, सीप तथा उद्यमशीलतालाई प्राथमिकताका साथ पाठ्यक्रममा समेट्नुपर्ने विषय सकारात्मक रुपमा समेटिएका छन् । सातै प्रदेशमा सञ्चालन गरिएको सुझाव तथा पृष्ठपोषण सङ्कलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी थिए ।