सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो विपद्को प्रकृति पहिचान गर्न विज्ञमार्फत अध्ययन गराउनुपर्ने बताएका छन् । बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले विपद्को अवस्था जटिल र प्राविधिक प्रकृतिको रहेकाले विज्ञको अध्ययनमार्फत घटनाको वास्तविक स्वरूप पहिचान गर्नुपर्ने बताए ।
