‘प्रधानमन्त्रीज्यू, शहीदका परिवारको पीडा सुन्न समय किन भएन ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले परिवर्तनका लागि भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेलाई तत्काल न्याय दिन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै खतिवडाले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू न्यायका लागि सरकारको ढोका ढकढक्याइरहे पनि सरकार गम्भीर नभएको आरोप लगाइन् ।
