SHARE
कालिका खबर · बुधबार ३१ भौ २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

विपद्बारे प्रधानमन्त्रीले संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विपद्को विषयमा प्रधानमन्त्रीले स्वयं राजनीतिक दल तथा विज्ञहरूसँग संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो धारणा राखेका हुन्। विपद् व्यवस्थापनजस्तो राष्ट्रिय विषयमा प्रधानमन्त्रीले अन्तरपार्टी संवादलाई प्राथमिकता दिनुपर्ने उनले बताए। व्यस्तताका बीच पनि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दललाई बोलाएर परामर्श गर्नुपर्ने र विज्ञहरूसँग छलफल गरी आगामी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ। पछिल्लो विपद्का विषयमा सरकार केही पछि परेको जस्तो देखिएको टिप्पणी उनले गरे।