गोरखाको बुढीगण्डकीमा बाढी : खोला थुनिएर बनेको ड्याम फुट्दा ५ भेडीगोठ बगायो, ४७ जनाको उद्धार जारी
गोरखा। गोरखाको बुढीगण्डकी क्षेत्रमा आएको बाढी सिरिङ्गे हिमालको फेदीमा पहिरो खसेर उइनगुलुङ खोला थुनिएपछि बनेको अस्थायी ड्याम फुट्दा आएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले सिरिङ्गे हिमालको करिब एक किलोमिटर क्षेत्रमा पहिरो गएको र पहिरोले खोला थुन्दा पानी जमेर बनेको ड्याम फुटेपछि बाढी आएको पुष्टि गरेको हो। बाढीका कारण पाँचवटा भेडीगोठ बगाएको जनाइएको छ। बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि उद्धार टोली परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा परेका ४७ जनाको उद्धार कार्य जारी रहेको जनाइएको छ।
