बजाजको ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ भृकुटीमण्डपमा, पुरानो बाइक साटेर नयाँ किन्न सकिने
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। ‘बजाज गेम अफ पावर’ अभियानअन्तर्गत आयोजित कार्निभल असोज २२ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। कार्निभलमार्फत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो मोटरसाइकलको मूल्यांकनका लागि २२ भन्दा बढी मूल्यांकनकर्ता उपलब्ध हुनेछन्। यसले ग्राहकलाई आफ्नो मोटरसाइकलको मूल्यांकन गराई नयाँ बाइकमा अपग्रेड हुन सहज बनाउने अपेक्षा गरिएको छ।
