SHARE
कालिका खबर · आइबार​ २५ असो २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी नदीमा भीषण बाढी, गोरखाको सल्लेरी बजार बगायो

गोरखा । बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ। स्थानीय विशाल घलेका अनुसार बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा पनि व्यापक क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, बाढी आउनुको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण, मानवीय क्षति भए–नभएको अवस्था तथा प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे थप जानकारी आउन बाँकी छ।