SHARE
कालिका खबर · शनिबार २४ असो २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

स्केचर्सको ‘सप मोर, गेट मोर’ अभियान, ५० प्रतिशतसम्म छुटदेखि मोटरसाइकल र स्कुटरसम्म जित्ने अवसर

काठमाडौं । विश्वप्रसिद्ध कम्फर्ट जुत्ता ब्रान्ड स्केचर्सले नेपालीहरूको प्रमुख चाडपर्वलाई लक्षित गर्दै ‘सप मोर, गेट मोर’ नामक विशेष प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले ५० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न उपहार र बम्पर पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। दसैँदेखि छठसम्मको चाडपर्व अवधिलाई लक्षित गरी ल्याइएको यो अभियान आगामी १५ नोभेम्बर २०२६ अर्थात् २९ कात्तिक २०८३ सम्म सञ्चालन हुनेछ। चाडपर्वमा हुने किनमेललाई थप आकर्षक बनाउँदै ग्राहकलाई आरामदायी र गुणस्तरीय जुत्ता खरिदमा अतिरिक्त लाभ प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।