SHARE
कालिका खबर · आइबार​ २५ असो २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

डेसिमल कलेजमा ‘Fresher Meet and Greet’ कार्यक्रम भव्य रूपमा सम्पन्न, ६०० विद्यार्थीको सहभागिता

 पर्सा। बीरगञ्जमा अवस्थित डेसिमल कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने उद्देश्यले आयोजित ‘Fresher Meet and Greet’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ११ का करिब ३०० र कक्षा १२ का करिब ३०० गरी जम्मा ६०० विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजमा स्वागत गर्नुका साथै विद्यार्थीहरूबीच आपसी परिचय, मित्रता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने अवसर प्रदान गरेको छ। नयाँ शैक्षिक यात्राको सुरुवातलाई विशेष बनाउन आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र उमङ्ग थपेको छ।