नेपालमा नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक हुँदै, असोज २६ मा अनावरण गरिने
काठमाडौं। नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले आगामी असोज २६ गते (अक्टोबर १२, २०२६) नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो। नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाको स्कुटर पोर्टफोलियो थप विस्तार हुनेछ। इटालियन डिजाइन, विशिष्ट स्टाइल र फरक राइडिङ अनुभव रुचाउने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ स्कुटर बजारमा ल्याउन लागेको हो। भेस्पाले आफ्नो कालजयी डिजाइन र विशिष्ट पहिचानका कारण नेपाली स्कुटर बजारमा छुट्टै स्थान बनाउँदै आएको छ।
