SHARE
कालिका खबर · आइबार​ २५ असो २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

गायक सुरेन्द्र शाहीको पहिलो गीत ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक

काठमाडौं । गायक सुरेन्द्र शाहीको स्वरमा रहेको ‘तिमी हामी भक्तपुर जाँदा’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा अभिनेता सुरज शाही, अभिनेत्री प्रसन्ना कार्की र सहायक कलाकार पूजन दवाडीको अभिनय रहेको छ। विशेषगरी माया–प्रेम र भक्तपुरको सांस्कृतिक परिवेशलाई झल्काउने प्रयास गरिएको यस गीतले भक्तपुरको सुन्दरता र प्रेमभावलाई समेटेको छ। गायक सुरेन्द्र शाहीले यो आफ्नो पहिलो गीत भएको बताएका छन्। आगामी दिनमा योभन्दा पनि राम्रा गीत दर्शकमाझ ल्याउने प्रयास गर्ने उनको भनाइ छ। साथै, सम्पूर्ण दर्शकले गीतलाई मनैदेखि माया गर्नुहुनेछ भन्ने आफू विश्वस्त रहेको उनले बताए।