बीरगञ्ज–२० हरपतगञ्जमा घटस्थापनाको अवसरमा भव्य कलश यात्रा सम्पन्न, गाउँवासीको उत्साहजनक सहभागिता
बीरगञ्ज, पर्सा। श्री गढीमाई नौ दुर्गा पूजा सेवा समिति, बीरगञ्ज–२० हरपतगञ्जको आयोजनामा नवरात्रको पहिलो दिन घटस्थापनाको पावन अवसरमा आज भव्य कलश यात्रा श्रद्धा, भक्ति र उत्साहका साथ सफलतापूर्वक सम्पन्न भएको छ। धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक परम्पराको सुन्दर संगमका रूपमा सम्पन्न उक्त कलश यात्रामा गाउँका सम्पूर्ण समुदायका मानिसहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नौ दुर्गा पूजा सेवा समितिद्वारा निर्माण गरिएको पूजा पण्डालबाट विधिवत् रूपमा सुरु भएको कलश यात्रा गाउँको परिक्रमा गर्दै तीन नदीको संगमस्थलस्थित नदी किनारसम्म पुगेको थियो।
