SHARE
कालिका खबर · बुधबार ३१ भौ २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

प्राकृतिक विपद्का प्रभावितका लागि आश्रमद्वारा खाद्य सामग्री, गीता वितरण तथा विशेष पूजा–यज्ञ

काठमाडौँ । प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा प्रभावितजनको सहयोग, शान्ति तथा कल्याणको कामना गर्दै श्री श्रीधराचार्य भक्ति योग आश्रम, चाबहिल, काठमाडौँले नुवाकोटस्थित गुरुकुलमा खाद्य सामग्री, श्रीमद्भगवद्गीता पुस्तक तथा प्रसाद वितरण गरेको छ। विपद्का कारण प्रभावित बनेका नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आश्रमले गुरुकुलमा आवश्यक खाद्य सामग्रीसहित धार्मिक तथा आध्यात्मिक सामग्री वितरण गरेको हो। यस अवसरमा गुरुकुलका बटुकहरूले श्रीमद्भगवद्गीताको ११औँ अध्यायको पाठ–पारायण समेत गरेका थिए। पाठ–पारायणमार्फत प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण जनसमुदायको मंगलकामना तथा दिवंगत आत्माहरूको कल्याणका लागि प्रार्थना गरिएको थियो।