बाढीको क्षति मूल्याङ्कन गर्न रसुवामा २५ सदस्यीय समिति गठन
रसुवा : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न रसुवामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण एक महिनाभित्र सङ्कलन गर्न समितिलाई कार्यादेश दिएको छ ।
