SHARE
कालिका खबर · मङगलबार ३० भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि पठाइने राहत खाद्य सामग्रीको निरन्तर अनुगमन

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयार पारिएका राहत खाद्य सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरन्तर निरीक्षण तथा अनुगमन गरिरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम २०८३/०५/२९ गते काठमाडौंका दुई स्थानमा राहत खाद्य सामग्रीको अनुगमन गरेको हो। विभागका अनुसार राधास्वामी सत्सङ्ग, सामाखुसीमा जीरा मसिनो चामल, चना, चना फ्लेक्स, बिस्कुटलगायतका खाद्य सामग्री भोटेकोशी बाढीपीडितका लागि पठाउन तयार पारिएको अवस्थामा भेटिएको थियो।