SHARE
कालिका खबर · मङगलबार ३० भौ २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

विमानस्थलदेखि सामाखुसीसम्म राहत खाद्य सामग्रीको निरीक्षण, मापदण्ड पालना गर्न निर्देशन

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि विदेशबाट ल्याइएका तथा राहत वितरणका लागि तयार पारिएका खाद्य सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण तथा अनुगमन गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३/०५/२७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र राधास्वामी सत्सङ्ग, सामाखुसीमा राहतका लागि राखिएका खाद्य सामग्रीको अनुगमन गरेको हो ।