SHARE
कालिका खबर · मङगलबार ३० भौ २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

धनुषाबाट बालकको ११ दिनपछि सकुशल उद्वार, महिला पक्राउ

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिने बालक ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कमलेश महतोका छोरा सिधान्त महतो भदौ १८ गते घरको आँगनमा खेलिरहेका बेला बेपत्ता भएका थिए। बालकको खोजीका लागि ६० जना प्रहरी, तालिमप्राप्त कुकुर तथा प्राविधिक अनुसन्धान टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले बालकलाई विभिन्न स्थानमा लुकाउँदै राखेको खुलेको प्रहरीले जनाएको छ।