डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, काठमान्डु गोर्खाजले गर्याे अनुबन्ध
काठमाण्डु– अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। उनले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने भएका हुन् । गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरेको जनाएको छ । ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्।
