सामान्य घट्याे नेप्से, ६ महिनायताकै उच्च काराेबार
काठमाण्डु– शुक्रबार सेयर बजार सामान्य घटेको छ । यसदिन नेप्से ५ अंकले घटेर परिसुचक २६९०मा पुगेको छ । आज कारोबार भने ७ महिनायताकै उच्च भएको छ । गत वैशाख ३ गते ९ अर्ब ३१ करोडको कारोबार भएकामा आज ८ अर्ब ८९ करोडको कारोबार भयो । यसदिन १०२ कम्पनीको मूल्य बढ्यो भने १६९ को घट्यो ।
