सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्यो निलम्बन
काठमाण्डु– सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको देखिएको छ ।
