खगेन्द्र सुनारलाई रास्वपाले साधारण सदस्यबाटै हटाउन सक्छ, सभामुखले दिए ग्रिन सिग्नल
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र महिलालाई अश्लिल गाली गरेको टेलिफोन संवाद बाहिरिएपछि विवादमा तानिएका सांसद् खगेन्द्र सुनारमाथि हदैसम्मको कारबाही हुनुपर्ने आवाज उठेको छ । पार्टी पंक्तिभित्र सुनारले महिलामाथि गरेको व्यवहार अक्षम्य रहेको भन्दै कारबाही गर्न नेतृत्वमाथि चर्को दबाब छ ।
