मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
काठमाडौँ : मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको मंगलबार कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन्। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्। सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ।
