SHARE
कालिका खबर · सोमबार २९ भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

भिभो भी८० लाइट नेपालमा सार्वजनिक, मूल्य ६३ हजार ९९९ रुपैयाँदेखि

काठमाडौँ। भिभोले नेपालमा नयाँ स्मार्टफोन भिभो भी८० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कभ्र्ड डिजाइन, शक्तिशाली ब्याट्री, टर्बो पर्फमेन्स र १.५के अल्ट्रा इमर्सिभ डिस्प्लेसहित फोन नेपाली बजारमा ल्याइएको हो। ‘स्ले एभरी एज’ डिजाइन अवधारणामा आधारित भी८० लाइटमा ३डी डुअल–कभ्र्ड डिस्प्ले राखिएको छ। हातको आकारसँग सहज रूपमा मिल्ने गरी डिजाइन गरिएको यो डिस्प्लेले लामो समयसम्म फोन प्रयोग गर्दा पनि आरामदायी अनुभव दिने कम्पनीको दाबी छ। फोनमा अल्ट्रा–स्लिम युनिबडी डिजाइनसमेत दिइएको छ। फोनमा ७०५० एमएएच क्षमताको अल–डे ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले ३३ घण्टासम्म भिडियो प्लेब्याक र १२.१ घण्टासम्म मोबाइल गेमिङ गर्न सक्छ।