स्वयम्भूमा एक महिने रक्तदान कार्यक्रम सम्पन्न, २७० जनाले गरे रक्तदान
निराज रानाभाट, काठमाडौं । काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरस्थित भगवान् पाउको प्राङ्गणमा १ महिनासम्म सञ्चालन गरिएको दैनिक रक्तदान कार्यक्रमबाट २ सय ७० जना रक्तदाताले रक्तदान गरेका छन् । वि.सं. २०८३ साउन २८ गतेदेखि भदौ २७ गतेसम्म दैनिक बिहान ७:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन भएको उक्त रक्तदान कार्यक्रम १ महिनापछि सम्पन्न भएको हो । व्यस्त समयलाई व्यवस्थापन गर्दै रक्तदानमा सहभागी २ सय ७० जना रक्तदाताप्रति आयोजकले उच्च सम्मान तथा आभार व्यक्त गरेको छ ।
