SHARE
कालिका खबर · सोमबार २९ भौ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

विपद्‌मा सङ्घ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताएका हुन् । उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त समेत व्यक्त गरेका छन् ।