राज्यमन्त्री कुँवर चढ्ने गाडीलाई ट्राफिक जरिवाना
धनगढी– सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भेटिएपछि सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । राज्यमन्त्री कुँवरले चढ्ने गरेको सुदूरपश्चिम प्रदेश ०१–००१झ०३९७ नम्बरको गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पाँच सय रुपैयाँ जरिवाना गरेको हो ।
