भोटेकोशी बाढी : कृषि र पशुधनमा दुई अर्ब बढीको क्षति
काठमाण्डु –भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा करिब दुई अर्ब बराबरमो क्षति पुगेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणनले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनअनुसार बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको छ।
