शाइन रेसुंगा डेभलपमेन्ट बैंकले घोषणा गर्यो १६ प्रतिशत लाभांश
काठमाडौं । Shine Resunga Development Bankले आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ रहेको छ। सो पूँजीको ६ प्रतिशतका दरले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ।
