SHARE
कालिका खबर · सोमबार २९ भौ २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

अरिङ्गालले खिलेर एक जनाको मृत्यु

दमौली : भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ । आइतबार अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिए ।