SHARE
कालिका खबर · आइबार​ २८ भौ २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ घर भएका ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले बताए । शनिबार साँझ सडक पार गर्न लाग्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।