‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ : प्रभु साह
जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् । जनकपुरमा आज आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई देशलाई संकटबाट निकास दिन निर्माण भएको स्पष्ट पारे । भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाई उद्धृत गर्दै कार्यक्रममा आजपा अध्यक्ष साहले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।
