भोटेकोशी बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा
आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको देखिन्छ। राहत तथा अत्यावश्यक सामग्री बोकेर उडिरहेको ड्रोन हेर्न स्थानीयवासीको नजर त्यसैमा अडिन्छ। पहिला मान्छे र खच्चडले बोक्ने सामान अहिले प्रविधिले ओसारेको दृश्य उनीहरूका लागि नौलो बनेको छ। गत भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीले सडक र पुल भत्काएर आमाछोदिङमोलाई बाहिरी दुनियाँबाट अलग्याइदिएको थियो।
