SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

ब्रिक्स शिखर सम्मेलनमा सी, मोदी र पुटिन एकै मञ्चमा

भारतको अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुँदैछन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागिताले विशेष कूटनीतिक महत्व बोकेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्।