SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन ९आरडिएनए० प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।