SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

भारतको कूटनीतिक पहलपछि ब्रिक्समा सहमति, आज संयुक्त घोषणापत्र जारी हुने

गम्भीर भूराजनीतिक मतभेदका बीच भारतले निरन्तर गरेको कूटनीतिक पहलपछि ब्रिक्स सदस्य राष्ट्रहरू संयुक्त घोषणापत्रमा सहमत भएका छन्। घोषणापत्रको मस्यौदामा सहमति जुटाउन सदस्य राष्ट्रहरूबीच शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गहन वार्ता भएको स्राेतहरूकाे दाबी छ । समाचार स्रोतहरूका अनुसार वार्ता शनिबार बिहान करिब ४ बजेसम्म चलेको थियो। लामो छलफलपछि सदस्य राष्ट्रहरूबीच संयुक्त घोषणापत्रको भाषामा सहमति जुटेको हो।